नेपाल सरकारले २०७६ साल चैत ११ गतेबाट कोभिड महामारीको असहज परिस्थितिलाई मध्यनजर गरी बन्दाबन्दी घोषणा ग–यो । यो बन्दाबन्दीबाट सबैभन्दा बढी शिक्षा क्षेत्र प्रभावित भयो । यो असहज परिस्थितिमा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई सिकाइप्रति जिम्मेवार बनाउने भन्ने सवालमा तीन तहका सरकारहरू अलमल र उदासीन छन् ।बालबालिका भोलिका कर्णधार हुन् । उनीहरूसँग देशको भविष्य जोडिएको छ । शिक्षण सिकाइको केन्द्रीय दायित्व बोकेका शिक्षकहरू पनि असहज परिस्थितिलाई सहजीकरण