रुकुम पूर्व : कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको बेला रुकुम पूर्वका स्थानीय तहहरु अक्सिजनसहितको आइसोलेसन निर्माण जुटेका छन्।वैशाख १६ गतेदेखि बिहीबारसम्म २४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमध्ये चारजनालाई रुकुमपूर्व अस्पतालमा अक्सिजन दिएर उपचार गरिएको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए। बाँकी संक्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा रहेका छन्। रुकुमपूर्व अस्पतालमा अक्सिजनसहितको पाँच शय्याको आइसोलेसन छ।अस्पतालमा शय्या अभाव र दिनहुँ कोरोना संक