बालाजुस्थित म्याद नाघेका खाद्य सामग्रीमा रि–लेबलिङ गर्ने कारखानामा छापा, एकजना पक्राउ

 काठमाडौँको बालाजुस्थित म्याद गुज्रिएका खाद्य सामग्री लेबलिङ गरेर नयाँ मिति राख्ने ‘अवैध कारखाना’मा अपराध महाशाखा र वाणिज्य विभागले छापा मारेको छ । मङ्गलबार काठमाडौँ महानगरपालिका–१६ स्थित अगद नेपाल भेन्चर प्रालिमा छापा मारेर कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए । मोरङको विराटनगर घर भएका प्रभात देवले सञ्चालन गरेको सो कारखानामा म्याद गुज्रिएका बिस्कुटहरू डाईजेस्टिभ, क्रन्ची, कोकोनट कुकिज, बटर कुकिज, पास्ता,