काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आउँदाे जेठ पहिलो हप्ताभित्रै स्थानीय तहकाे चुनाव गर्ने विषयमा छलफल भएको छ ।
आज मङ्गलवार दिउँसाे भएको छलफलमा जेठ पहिलो हप्ताभित्रै स्थानीय तहकाे चुनाव गर्ने विषयमा छलफल भएको हो । छलफलमा जेठ ४ गते चुनाव गर्ने मोटामोटी सहमति भएको आयोगका एक पदाधिकारीले बताएका छन् ।
यसअघि प्रधानमन्त्री देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा जुट्न आफ्ना पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
ग...