नेत्री झाँक्रीलाई छाड्ने विषयमा विवाद, हाजिरीजमानी जिम्मा नलिँदा ढिलाइ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीलाई रिहा गर्ने विषयमा विवाद देखिएको छ । अनुसन्धानका लागि आवश्यक परेका बेला उपस्थित गराउने गरी हाजिरीजमानीमा प्रहरीले छाड्न खोजेपनि जिम्मा लिन कोही तयार नभएपछि ढिलाइ भएको प्रहरी स्रोतले जनाएको छ । नेकपा नेताहरूले भने जसरी घरबाट पक्राउ गरेर ल्याइएको हो, त्यसरी नै प्रहरीले घरमै पुर्‍याउनुपर्ने अडान लिएका छन् । प्रहरीले भने कागज गराएर नेताहरूको जिम्मा लगाउने तयारी गरेको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीवार राज्य विरुद्धको कसूर गरेको आर...