अध्यादेशको स्वागत गर्दै चिकित्सक संघले भन्यो- महत्वपूर्ण उपलब्धि, कार्यान्वयनमा सबैको सहयोग आवश्यक
संघले अध्यादेशलाई आफूहरुको लामो समयदेखिको आन्दोलनको महत्वपूर्ण उपलब्धिका रुपमा लिँदै यसको कार्यान्वयन र यसमा रहेका कमिकमजोरीलाई परिमार्जन गर्दै संसदबाट मूल ऐन बनाउने अभयानमा सबैको सहयोगको अपेक्षा गरेको छ।
वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को नेपाल चिकित्सक संघले स्वागत गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारले संघसँगको सम्झौता बमोजिम नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गरेको भन्दै स्वागत गरेको हो । संघले अध्यादेशले स्वास्थ्य संस्थामा आगजनी गर्ने,स्वास्थ्य संस्थामा तोडफोड […]