प्रहरीमा बेथिति भाग– २ : घुमुवाका कारण संगठन नै बदनाम, कतै घूससहित पक्राउ, कतै खुलेआम पैसा असुली !

सादा पोशाकका प्रहरी अर्थात् (घुमुवा)का कारण प्रहरी संगठनको इज्जतमै दाग लाग्ने अवस्था सिर्जना भएको छ । घुमुवाका कारण प्रहरी संगठनको इज्जतमा नै धक्का लाग्ने स्थिति आएको विषय संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको केहीदिन अघिको बैठकमा समेत उठेको थियो । भदौ १ गते शुक्रवार संघीय संसद्को राज्य व्यवस्थामा समितिमा गृहमन्त्री बालकृष्ण खाँण र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बोलाइएको थियो ।  उक्त बैठकमा मन्त्री खाँण र आईजीपी क्षेत्रीसामु कांग्रेस सांसद अमरेशकुमार सिंहले घुमु...