करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित गरेका बालेन साहलाई बधाई दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै बालेन र उपप्रमुमा जित सुनिश्चित गरेकी सुनिता डंगोललाई बधाई दिएकी हुन् । सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको […]

सम्बन्धित सामग्री

अन्यत्र अवसर नपाएका पनि हाम्रो पार्टीमा आएका छन्, सजग हुनुपर्छ : रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा खराब प्रवृत्तिका व्यक्ति पनि भित्रिएको भन्दै तिनबाट सचेत हुनुपर्ने बताएका छन्। जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो औंल्याएका हुन्। अवसरको खोजीमा आएका त्यस्ता व्यक्तिले पार्टीको बदनाम गराउने संभावना बढी रहेको उनले उल्लेख गरेका छन्। ‘पुराना राजनीतिक दल छोडेर हामीसँग सम्बन्ध गाँस्न आउने साथीहरू मध्ये अधिकांश असल, इमानदार र निष्ठावान्

माधव–प्रचण्डमाथि ओलीको टिप्पणी : कण्ठी बाँध्ने बिरालाबाट होसियार हुनुपर्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सबै वामपन्थी पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरूलाई परिवर्तनका लागि आफ्नो पार्टीमा आउन आह्वान गरेका हुन्। ‘यस दिन सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्टहरूलाई एमालेमा पुनः आउन वा नआउनु भएको भए सामेल हुन आह्वान

मन्त्री बनाउँदा विषय विज्ञ हुनुपर्छ भन्ने छ : गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले मन्त्री बनाउँदा विषय विज्ञबाट हुनुपर्ने विषय उठेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले पार्टीमा भएका विषय विज्ञका आधारमा नेतृत्व दिनुपर्ने लामिछानेले बताए । अब मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधारमा गर्ने निर्णय भएको लामिछानेले बताए ।मन्त्रिपरिषद विस्तार  विश्वासको मत लिएपछि हुन्छ वा पछि छलफल गरेर टुंगो लगाइने भएको छ । न्यूनतम् साझा कार्यक्रमका आधारमा राप्रपा समेत सरकारमा सहभागी हुने लामिछानेले विश्वास व्यक्त गरे ।

कांग्रेस संसदीय दलको नेताका लागि पुस्तान्तरणको भीडन्त

सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको संसदय दलको नेताका लागि पार्टीमा पुस्तान्तरणको भीडन्त हुँदैछ । उमेरले ८० पुग्नै लाग्नुभएका सभापति शेरबहादुर देउवा र उहाँभन्दा झण्डै आधा कम उमेरका महामन्त्री गगन कुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ । पार्टीमा लोकतान्त्रिक अभ्यास जीवन्त हुनुपर्छ र पुस्तान्तरण हुनुपर्छ भन्दै तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालासंग हरेक मोर्चामा प्रतिस्पर्धामा उत्रनुभएकाा सभापति देउवा …

वामदेव बोले - कुनै पार्टीमा छैन तर कम्युनिष्टलाई एकताबद्ध गरेरै छाड्छु

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले कम्युनिष्ट पार्टी एकताबद्ध गर्ने अभियान चलाउने भएका छन्। उनले राष्ट्रियसभाको बैठकमा बोल्दै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने अभियान केही समयमै घोषणा गर्ने बताएका हुन्। उनले भने, ‘म कुनै पार्टीमा छैन। कम्युनिष्ट पार्टी एक हुनुपर्छ भन्नेमा छु, त्यसैले मैले कुनै नेताको बारेमा टीकाटिप्पणी गरेको छैन। हामीले ऐतिहासिक अवसर प्राप्त गरेका थियौँ। नेपाललाई समृद्ध समाजवादलाई पुर्‍याउने औजार नेकपा थियो। जनताले पनि विश्वास गरेका थिए।

छोरासहित एकीकृत समाजवादी प्रवेश गरे मधुकर अधिकारी

तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएका मकवानपुरका नेता मधुकर अधिकारी नेकपा एकीकृत समाजवादीमा प्रवेश  गरेका छन् । आइतबार पोखरा पुगेर नेता अधिकारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले अधिकारीलाई पार्टीमा उचित र सम्मानित भूमिका दिइने बताए । नेपालले  भने, ‘राजनीति सहअस्तित्व र सहभागितात्मक हुनुपर्छ, कसैलाई काखा पाखा र अन्याय गरि

नेपाली कांग्रेसमा रहेको गुटउपगुट अन्त्य हुनुपर्छ

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको र आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताउनुभयो । पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब …

शेखर समूहको निष्कर्ष : चुनाव वैशाखमै हुनुपर्छ, देउवा एकलौटी रुपमा अघि बढ्न खोजे

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ । सो समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि बताएको छ । सोमबार बसेको शेखर पक्षको भर्चुअल बैठकले निर्वाचनको मितिका विषयमा देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले आक्रोश पोखेका थिए ।  भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा काँग्रेसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल गर्नुपर्ने

पौडेल पक्षले भन्यो- मन्त्री छान्दा पार्टीमा छलफल हुनुपर्छ

आज यसबारे महामन्त्री शशांक कोइराला निवासमा पनि छलफल भएको थियो। ‘मन्त्रिपरिषद विस्तार हुँदा पार्टीमा छलफल हुनुपर्छ। हाम्रो पक्षले कति संख्यामा मन्त्री पाउने हो?,’ केन्द्रीय सदस्य बलबहादुर केसीले भने।

ओली पक्षीय युवा संघको पुनर्गठनप्रति बादल समूहको असहमति

'उहाँहरूले एकताको भावनाविपरीत आफ्नै तरिकाले राष्ट्रिय युवा संघको पुनर्गठन गर्नुभएको छ। गुटको भेला गरेर कुटपिट गरी जबरजस्ती नेतृत्व चयन भएको छ,' तामाङले भने,'युवा संघको नेतृत्व चयनबारे पार्टीमा छलफल चलिरहेको थियो तर जन वर्गीय संगठन मोर्चाका इन्चार्जलाई समेत थाहा नदिइकन गरिएको भेला अवैधानिक हो। यो खारेज हुनुपर्छ।'