काठमाण्डाै – चालु आर्थिक वर्षको सुरुवातसँगै ओरोलो लाग्न थागेको नेपाली शेयर बजार एक हजारभन्दा बढी अङ्कले घटेकाे छ । शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरू आत्तिएका छन् । चालु आर्थिक वर्षको नाै महिनामा शेयर बजारमा उतारचढाव चलिरहेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिले शेयर धितो कर्जामा ४/१२ करोडको नीति ल्याएसँगै बजार ओरालो लाग्न सुरु भएको थियो । शेयर बजार लगानीकर्ताहरूले राष्ट्र बैंकको नीति संशोधन गर्न बारम्बार माग गरे पनि अहिलेसम्म सम्बोधन हुन सकेको छैन । सरकारकाे आउँद...