पर्वतका तीन सामुदायिक विद्यालयमा सेनाद्वारा एन.सी.सी प्रशिक्षण सुरु

पर्वत : नेपाली सेनाले पर्वतका तीन वटा सामुदायिक विद्यालयमा राष्ट्रिय सेवा दल (एन.सी.सी) मा छनोट भएका विद्यार्थीहरूलाई प्रशिक्षण दिन सुरु गरेको छ। राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सिरियल सङ्ख्या ४९ औँ ब्याच जुनियर डिभिजन अन्तर्गत कुश्मा नगरपालिकाको नारायण माध्यमिक विद्यालय, फलेवास नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालय र मोदी गाउँपालिकाको पशुपति माध्यमिक विद्यालय प्रशिक्षण सुरु भएको नयाँ रणभीम गुल्म, गोदाम ब्यारेक पर्वतका गुल्मपति सेनानी अजित थापाले बताए। नेपाली सेनाले एन.सी.सी.मा सहभाग