राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रियसभा सदस्यको निर्वाचन प्रकृया अघि बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रियसभा सदस्य पदको निर्वाचनको लागि आवश्यक प्रक्रिया सुरू गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्। आज सोमबार सिंहदरबारमा उपप्रधानमन्त्रीहरुसँगै निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन्।