काठमाडौँ – सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्म सक्ने भएको छ। न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने बताएको छ। बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए। उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको बताए। […]
जेठ २५, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् ।
उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आस्वस्त हुन आग्रह पनि गरेका छन् ।
अनेरास्ववियु नेपालको ध्यानाकर्षण पत्र मंगलवार बुझेपछि बोल्दैउ नले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालू आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी दिए ।
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरु पनि तयारीको चरणमा रहेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालयले पनि बजेट कार्यान्वयनका लागि गृहकार्य शुरु गरिसकेको बताए।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका सामुदायिक विद्यालय र क्याम्पसहरुको पूर्वाधार तीन वर्षभित्र निर्माण गरिसक्ने र आगामी आर्थिक वर्षमा १ हजार ५०० ओटा सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार निर्माण प्रारम्भ गर्ने जानकारी दिए।
अनेरास्वियुका पदाधिकारीहरुले गत चैत्र २५ गते बुझाएको ध्यानाकर्षण पत्रको महत्वपूर्ण बुँदाहरु बजेटमा सम्बोधन भएको भन्दै उपप्रधान तथा अर्थमन्त्रीलाई धन्यवाद दिएका थिए ।
सो अवसरमाअनेरास्ववियुले बजेटमा स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने, सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवाखाजा कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु आएको भन्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको थियो ।
यस्तै अनेरास्ववियूले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाईमा सहयोग पुर्याउने उद्देश्यका साथ एक थान ल्यापटप खरीद गर्न ८० हजार रुपैयाँसम्म दुईवर्ष अवधिको एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था र १६ वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलव्ध गराउने लगायतका कार्यक्रम यथाशिघ्र लागू गर्न माग गरेको छ ।
जेठ २५, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूँजीबजार विस्तारको लागि ठोस योजना ल्याएको बताएका छन् ।
नेपालको पूँजीबजारलाई विश्वसनीय बनाउन र उपलब्धि मूलक कार्य गर्न सरकार तत्पर रहेको भन्दै उनले पूँजीबजारको विकासको लागि कार्ययोजना तयार पार्न पनि धितोपत्र बोर्डलाई निर्देशन दिए ।
सरकारले वस्तु विनियम बजार सुधार तथा विस्तारका लागि बजेट विनियोजन गरेको भन्दै उनले यसमा आवश्यक कार्य गर्न पनि धितोपत्र बोर्डलाई निर्देशन दिए ।
धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा मंगलवार वेबीनार मार्फत आयोजित कार्यक्रममा मन्त्री पौडेलले नेपालको पूँजीबजारको नियमन तथा दायरा विस्तार गर्न धितोपत्र बोर्डले थप कार्य गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोर्डको पूर्व अध्यक्षहरु,राजस्व सचिव, नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी,क्रेडिट रेटिंग संस्थाहरु,मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन,लगानीकर्ता संघसंस्था लगायतका प्रतिनिधिको सहभागिता रहेको छ ।
उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई
नेपाल धितोपत्र बोर्डले यस वर्ष उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई प्रदान गर्ने घोषणा गरेको छ ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पूँजीबजारका विषयमा सकारात्मक समाचार सम्प्रेषण गरेको भन्दै रू. ५० हजार राशीको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने विश्वास व्यक्त गरेका छन् । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे ।“सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई हामी एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ । त्यसका लागि तपाईंहरु तयार हुनुहोला । अब गुनासो गर्ने होइन, अग्रगामी रुपमा अगाडि बढ्