इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटको दाबी : पुटिनले माफी मागे

 इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीको आपत्तिजनक टिप्पणीका लागि माफी मागेको दाबी गरेका छन् ।अघिल्लो दिन, पुटिन र बेनेटले फोन वार्ता गरेका थिए । यस क्रममा बेनेटले उनको (पुटिन) माफी स्वीकार गरेको बताएका छन् । उनले आफ्नो अडान स्पष्ट पारेकोमा राष्ट्रपति पुटिनलाई धन्यवादसमेत दिए ।के थियो विवाद ?रुसी विदेशमन्त्री सर्गेई लावरोफले इटालियन टेलिभिजन च्यानल रेटे ४ च्यानलसँगको कुराकानीमा नाजी नेता हिटलरको नसामा यहूदीहरूको रगत बगेको बताएका थिए ।सर