काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकअन्तर्गत राजश्व र खर्चको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेपछि बजेटमाथिको छलफल सुरु भएको हो । छलफलमा पहिलो सहभागीका रूपमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद विष्णु पौडेलले भाग लिएका छन् ।