लुम्बिनी प्रदेशका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र

काठमाडौं । जनता समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभा सदस्यहरुलाई केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जनाएका छन् ।  ठाकुरले बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जानकारी दिएका हुन् ।यद्यपि, उनले लुम्बिनी प्रदेशमा जसपाको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेको स्पष्ट पार्दै यसैलाई स्वायत्तता दिई प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य लोकता