मेसुले अस्पतालका कर्मचारीलाई निजी काममा लगाएकाे आराेप, प्रजिअलाई ज्ञापनपत्र

गोरखा – गोरखा अस्पतालका कर्मचारीहरूले मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डाक्टर शान्ति भुर्तेललाई निलम्बन गरी कारबाही गर्न माग गरेका छन् । अस्पताल विकास समिति कर्मचारी युनियनको इकाइ समितिले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शालिग्राम शर्मा पौडेललाई आइतवार ज्ञापनपत्र बुझाउँदै अस्पतालको कार्यस्थलमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि मेसु भुर्तेलले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।  अस्पताल प्रमुखबाट स्वास्थ्यकर्मीहरूलाई धाकधम्की दिने तथा विभेदपूर्ण शब्द प्रयोग हुने गरेको भन्दै कर्मचारी युनियनले प्रेस विज्ञप्ति पनि प्रकाशित गरेको...