डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनमा मतपेटिका तोडफोड गरिएपछि निर्वाचन स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको हो ।
धनगढी- नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ । विवाद हुँदा क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरिइएको हो ।
स्ववियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जी मत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले मतपेटिका तोडफोड गरेका थिए ।
अनेरास्ववियु, अखिल क्रान्...