भारतको आसाममा एक लाख सरकारी घर बनाइने, झण्डै १६ लाख मानिस लाभान्वित हुने

भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने भारत सरकारको तयारी छ । आसामका पञ्चायत तथा ग्रामीण विकास मन्त्री रन्जीत कुमार दासले अर्को हप्तादेखि नै ती घर बनाउने कामको थालनी हुने जानकारी दिनुभएको छ । सरकारले बनाउने सुविधासम्पन्न ती घरबाट १६ लाख मानिस लाभान्वित हुनेछन् । एक लाख घर आसाम राज्यका विभिन्न ठाउँमा बन्नेछन् । सरकारले घरवारविहीन तथा न्यून आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरु बनाउन लागिएको समाचार संस्था एएनआईले जनाएको छ । घर ...

सम्बन्धित सामग्री

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उनले शनिबार बताएका छन्। ती घरहरु प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन्।...

कर्णाली प्रदेश प्रहरी : ६ महीनामा २९ करोडभन्दा बढी राजस्व संकलन

सुर्खेत । न्यून स्रोत साधन र जनशक्ति अभाव हुँदाहुँदै पनि कर्णाली प्रदेश प्रहरीले तोकिएका लक्ष्य सफलतापूर्वक पूरा गर्दै आएको पाइएको छ । प्रदेशका १० ओटै जिल्ला प्रहरीद्वारा कार्यसम्पादन सम्झौता प्रभावकारी कार्यान्वयन हुँदा तोकिएको लक्ष्य हासिल भएको हो । चालू आर्थिक वर्षको ६ महीनामा प्रदेश प्रहरी कार्यालयले विभिन्न शीर्षकबाट २९ करोड ८३ हजार ५२४ रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादीहरू १४१ जनालाई पक्राउ गरी ७३ वर्ष ९ महीना २८ दिन कैद सजाय भुक्तानसँगै १६ लाख १० हजार ८०० रुपैयाँ जरिवाना असुल उपर गरेको छ । यो अवधिमा दुर्घटना दरमा न्यूनीकरणका लागि ७६७ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६ लाख ६९ हजार ७९० जना लाभान्वित गराइएको प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख छ । उक्त अवधिमा प्रदेशभर सवारी दुर्घटना २०३ ओटा भएको थियो भने सवारी दुर्घटनामा परी ११८ जनाको मृत्यु र ५१५ जना घाइते भएका छन् । यस्तै भन्सार छलीका लत्ताकपडा, सुर्तीजन्य र खाद्यान्न सामाग्रीसहित १ करोड ३४ हजार ५६४ रुपैयाँ बराबरको राजस्व असुली भएको छ । यसैगरी नदी तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानूनी उत्खनन तथा ओसारपसारमा संलग्न ५८ सवारीसाधन र ५१ जनालाई कारबाही गरी २ लाख ४० हजार ५७० रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेश प्रहरी कार्यालयले पछिल्लो ६ महीनामा ३४८ जना प्रहरीलाई पुरस्कृत गर्नुका साथै १५८ जनालाई कारबाही गरिएको छ । विभिन्न निकायको समन्वयमा विभिन्न स्थानमा ४४ थान सीसीटीभी जडान तथा ४० ओटा मर्मत गरी २४५ स्थानमा सीसीटीभीको व्यवस्था गरिएको बताइएको छ । यस्तै अवैध हातहतियार २४ थान बरामद र १५ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए । सो अवधिमा लागूऔषध दुव्र्यसन तथा अवैध बेचबिखन गर्ने ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारबाही गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा विभिन्न किसिमका लागूऔषध, घरेलु हिंसा लगायत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम ३ हजार ५७९ ओटा भएका छन् ।

भोटिया खोलामा पुल निर्माण हुने

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ ।  रु चार करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निर्माण भइसक्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीयवासी अत्यन्तै लाभान्वित हुने बताइएको छ । खेतीपाती गर्न र […]

मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने

कास्की । पछिल्लो समय लोकप्रिय गन्तव्यको रूपमा विकसित हुँदै गएको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । दिगो हिमालयन कोषको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो ।      आयोजक संस्थाका सदस्य प्रभात अधिकारीका अनुसार आठौं चरणको महोत्सव माघ २७ देखि फागुन ३० सम्म गर्ने तयारी भइरहेको छ । नेपालमा स्की पर्यटनको विकास गर्ने मुख्य लक्ष्यका साथ महोत्सव गर्न लागिएको भन्दै उनले महोत्सवलाई ‘ग्रेट हिमालयन स्की भ्रमण’ नाम दिइएको बताए । महोत्सव सम्पन्न गर्न १६ लाख खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्चअन्तर्गत सबैभन्दा बढी बिमामा छुट्ट्याइएको छ । महोत्सवमा भाग लिनेको बीमाका लागि मात्र दुई लाख २० हजार विनियोजन गरिएको अधिकारीले जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष रामबहादुर थापाका अनुसार मर्दीमा गर्न लागिएको स्की महोत्सव यसअघि मनास्लु, कालिञ्चोकलगायत स्थानमा सम्पन्न गरिएको थियो । अन्तरराष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापामगरको प्रशिक्षण तथा सहजीकरणमा यो महोत्सव हुन लागेको स्थानीय व्यवस्थापक सुदीप गौतमले जानकारी दिए । महोत्सवले मर्दी हिमाल पदयात्राका लागि प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ । महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेशको उद्योग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, टान, गण्डकी अल्पाइन क्लबलगायत विभिन्न निकायको सहकार्य रहनेछ ।      महोत्सवअन्तर्गत पदयात्रा, आधारभूत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्कीसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने भएको छ । संस्थाले ६ पटकसम्म लाङ्टाङ क्षेत्रमा स्कीसम्बन्धी तालिम गराइसकेको छ । यसैगरी धवलागिरि हिमालमा डाउनहिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ भञ्ज्याङ, फ्रान्सको ब्यालेन्स हिमाल, गोसाइँकुण्ड, मेरा पिक, मुक्तिनाथ क्षेत्र मनाङलगायत स्थानमा स्की पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ ।       महोत्सवमा सबै क्षेत्रका मानिसले भाग लिन पाउने बताइएको छ । तर आयोजकले भने पथप्रदर्शक, हिमाल आरोहण गाइड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाको सहभागितामा जोड दिएको छ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३०० भन्दा व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ । महोत्सवले नेपालको आन्तरिक पर्यटनको प्रवर्द्धन हुने, नेपालको पर्यटनमा नयाँ क्रियाकलाप थपिने, स्कीसम्बन्धी सीप हस्तान्तरण हुने र नेपालको पर्यटन सबै मौसमका लागि भन्ने नारा स्थापित हुने स्थानीय व्यवस्थापक गौतमले बताए ।

चुँदरे खानेपानी योजना सम्पन्न

तनहुँ, १५ असोज: रोटरी क्लब अफ दमौलीका सहयोगमा व्यास नगरपालिका–५ चुँदरेमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । सो योजनाबाट नेपालटारका २२९ घरघुरीका करिब एक हजार १०८ प्रत्यक्ष लाभान्वित भएका छन् । रु एक करोड १६ लाख ४० हजार २०० को लागतमा सो आयोजना सम्पन्न भएको हो । उक्त खानेपानी आयोजनाको कूल लागतमध्ये रु ८४ […]

सञ्चय कोषको सामाजिक सुरक्षा सुविधाबाट १४ सय लाभान्वित

धनगढी । कर्मचारी सञ्चय कोषबाट सुदुरपश्चिम क्षेत्रका १ हजार ४ सय ३६ जनाले सामाजिक सुरक्षा सुविधा लिएका छन् । धनगढीमा रहेको कोषको शाखा कार्यालयले आ.व. २०७७÷०७८ को अवधिमा सामाजिक सुरक्षा शीर्षकमा १ करोड ८० लाख प्रवाह गरेको हो ।शाखा कार्यालयका अनुसार यस अवधिमा प्रसुती तथा शिशु स्याहार खर्च वापत १ हजार ३ सय ३५ जना सञ्चयकर्ताहरुलाई एक करोड १२ हजार ५ सय प्रवाह भएको छ । यस्तै दुर्घटना क्षतिपुर्ति बापत ८ जनालाई १६ लाख भुक्तानी गरिएको छ भने सेवा अवधिमा मृत्यु भएका ६९ जना सञ्चयकर्ताको परिवारलाई काजक

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै २० लाखभन्दा बढीलाई कोरोना खोप

रासस/एएनआईभारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई  कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ । त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन् ।भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार