गुठीको जग्गा सहजै व्यक्तिको नाममा हुनेगरी नयाँ कानुन प्रस्ताव, सरोकारवाला भन्छन्, 'विधेयक भूमाफियाको पक्षमा' :: Pahilopost.com

काठमाडौँः सरकारले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उदेश्यसहित संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न  बनेको विधेयकको सरोकालवालाहरुले विरोध गरेका छन्। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा अध्यक्ष रहेको गुठी संरक्षण पुचले आइतबार आयोजना गरेको कार्यक्रममा सरकारले लुकेर भूमाफियाको हितमा सरोकारवालाहरूसँग छलफल