स्थानीय तह निर्वाचनमा एमाले : पपुलर मत आए पनि पालिकामा खुम्चियो

 नेकपा एमालेले विगतको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटक कम पालिका जिते पनि मत प्रतिशत भने बढेको देखिन्छ । गत स्थानीय चुनावमा ३२.७ प्रतिशत मत ल्याएको एमालेले यसपटक ३३.३ प्रतिशत मत ल्याएको छ ।यसपटक स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी भए पनि उसको प्राप्त मत संख्या कम भएको छ । त्यस्तै, तेस्रो स्थान ल्याएको माओवादी केन्द्रको पनि कुल मत संख्या कम भएको छ । गत स्थानीय चुनावमा एमाले पहिलो र काँग्रेस दोस्रो पार्टी बनेको थियो । यसपटक भने नेपाली काँग्रेस पहिलो र एमाले दोस्रो पार्टी