फराकिलो फुटपाथले साँघुरिएका सपना, सावित्रीको गुनासो- बालेनले गरिखान दिएनन्

'महानगरले सामान लगेर फिर्ता दिँदैन,'बरुवालको गुनासो छ, 'ठूलो व्यापार गर्न सकिँदैन । ठाउँ र समय तोकेर व्यवसाय गर्न दिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो । सडक त राम्रा–फराकिला भए तर हाम्रो रोजीरोटी खोसिए ।'