सीके राउतको नेतृत्वमा जनमत पार्टीको विस्तारित बैठक शुरू

जनमत पार्टीको विस्तारित बैठक जनकपुरमा शुरू भएको छ । पार्टीका अध्यक्ष डा. सीके राउतको अध्यक्षतामा बसिरहेको बैठक पार्टीको भावी कार्यदिशा, आगामी रणनीतिसहित समसामयिक विषयमा केन्द्रित हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए । बैठकमा केन्द्रिय कार्यकारिणी समिति, कार्यसमिति, जिल्ला कार्यकारिणी समिति, वर्गीय संगठन सहितका प्रतिनिधिहरू उपस्थित रहेका उनले बताए । बैठक भोलि बिहीवारसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित सामग्री

जनमत पार्टी केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक जारी

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक शुरू भएको छ । जनकपुरधामस्थित न्यू चन्दन होटलमा केन्द्रीय सचिवालय समितिको बैठक शुरू भएको पार्टीका उपमहासचिव ई. ईन्द्रजीत यादवले जानकारी दिए । भोलिसम्म चल्ने बैठकमा संगठन विस्तार र आगामी निर्वाचन रणनीतिबारे छलफल हुने बताइएको छ । बैठकमा निर्वाचित केन्द्रीय समितिका पदाधिकारी, मोर्चाका […]