जनकपुरमा बजाजको नयाँ सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले धनुषाको जनकपुरमा सुविधासम्पन्न नयाँ सोरुम ओम अटोमोबाइल्स उद्घाटन गरेको छ । बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस् यस क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउने उद्देश्यले जनकपुरमा सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । कम्पनीले ओम अटोमोबाइल्सका प्रोप्रराइटर सन्तोषकुमार साहलाई डिलरसिप प्रदान गरेको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज हुनेछ भने बजाजलाई आफ्नो बिक्री बलियो बनाउन सहयोग पुग्ने गोल्छा गु्रपका डाइरेक्टर अभिमन्यु गोल्छाले बताए । ओम अटोमोबाइल्सले सोरुम उद्घाटन अवसरमा मोटरसाइकल किन्ने ग्राहकका लागि उपहार व्यवस्था गरिएको जनाएको छ ।