सन्धिखर्कमा फोहोर-मैला व्यवस्थापनका लागि नयाँ रणनीति सार्वजनिक

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले फोहोर मैलाको संकलन र व्यवस्थापन गर्नका लागि रिमाकेबल बिल्ड्स प्रा.लि काठमाडौंसँग सम्झौता गरेको छ। योसँगै फोहोरको वर्गीकरण गरेर बार अनुसार फोहोर संकलन गरिने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । नकुहिने फोहोरलाई निजी क्षेत्रले बिक्री गर्छ भने कुहिने फोहोरलाई प्रशोधन गरेर उत्पादन भएको जैविक मल नगरपालिकाले खरिद गर्ने बताउनुभयो । […]