कर्णालीका २७ पालिकाको नजिता सार्वजनिक : कहाँ कुन दल विजयी ?

७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशका सोमबार बेलुका  १० बजेसम्म आइपुग्दा २७ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ  । जसमा नेपाली काँग्रेसले सबैभन्दा बढी १२ वटा पालिका प्रमुख जितेको छ भने दोस्रोमा नेकपा माओवादी केन्द्रले जितेको छ  । यस्तै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले ३÷३ वटा पालिकामा नेतृत्व पाएका छन्  । १० जिल्लामध्ये अहिलेसम्म सुर्खेत र जाजरकोटका कुनै पनि पालिकाको मत गणना सकिएको छैन् । दैलेखमा ०७४ सालमा शुन्य रहेको माओवादीले दुई पालिका अध्यक्ष जितेको छ &