काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोट स्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो । आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीय डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।&n