काठमाण्डाै – गएकाे एक महिनामा चट्याङ लागेर २१ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि वैशाख ३० (बिहान १० बजे) गते बिहीवारसम्ममा देशका विभिन्न भागमा चट्याङ लागेर २१ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यस्तै एक महिनाकाे अवधिमा ८४ जना घाइते भएका छन् भने एक करोड ४५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।
त्यस्तै एक महिनाकाे अवधिमा आगलागीबाट सात जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । एक महिनामा आगलागीबाट दुई ...