पर्सा र बझाङमा तीन कोराना सङ्क्रमितको मृत्यु

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको आज मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका – १६ नगवा निवासी ६१ वर्षीया महिला र वीरगञ्ज– १९ विन्ध्यवासिनी निवासी ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।     श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरोबाट ग्रसित महिलाको आज बिहान १ः१५ बजे र पुरुषको बिहान १०ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासले जानकारी दिए ।उनले वैशाख ३ गते सङ्क्रमण पुष्टि भएको महिलाको स

सम्बन्धित सामग्री

सुदूरपश्चिममा सङ्क्रमित हुनेभन्दा निको हुने धेरै

धनगढी। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ। १,३२८ सङ्क्रमित घर फर्किँदा ३२८ नयाँ सङ्क्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङमा गरी चार सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म प्रदेशमा मृतकको सङ्ख्या ५१६ जना पुगेको छ। प्रदेशको जनसङ्ख्या २५,५२,५१७ मध्ये आजसम्म २,३४,६३२ जनामा परीक्षण भएको छ। (रासस)

बझाङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

बझाङ । यहाँ थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालको कोरोना वार्डमा उपचारका क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाको ज्यान गएको हो । सात दिनदेखि बिरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डा.मिलन खड्काले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आइतबार राति ११ः०० बजे ज्यान गएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए