दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङले एक वर्षमा १६१ पटक विभिन्न खाद्य व्यवसायको निरीक्षण तथा अनुगमन गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा सोही बराबरका व्यवसायको अनुगमन गरिएको हो । जसमध्ये कार्यालयका खाद्य निरीक्षक मात्र संलग्न रहेका ८८ वटा एकल अनुगमन र विभिन्न नियमनकारी निकायका प्रतिनिधिसहितका ७३ वटा संयुक्त अनुगमन […]
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले शनिबार भारतलाई निर्वाचन अधिकारीहरूको दुराचारविरुद्ध विरोध प्रदर्शनका क्रममा पक्राउ गरिएका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । ‘हामी दिल्लीमा आजका ठूला प्रदर्शनहरूभन्दा अघि र प्रदर्शनका क्रममा प्रदर्शनकारी, प्रदर्शनको नेतृत्व गरेका नेता र नागरिक समाजका सदस्य, वकिल र पत्रकारहरूको सामूहिक थुनाका रिपोर्टहरूप्रति चिन्तित छौँ,’ […]
नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ । जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार निर्वाचन आयोग नेपालको स्वीकृत कार्यक्रमअनुसार जिल्लाभरि गरिएको नामावली छानबिनका क्रममा दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाएको हो । “यही असोज १ […]
काठमाडौं । भारतमा सम्भावित राजनीतिक उथलपुथलले नेपालको अर्थतन्त्र, व्यापार तथा आगामी चाडपर्वको बजार व्यवस्थापनमा असर पार्न सक्ने जेनजी अगुवा रवि किरण हमालले विश्लेषण गरेका छन्। भारतमा विकसित हुन सक्ने राजनीतिक तनावप्रति समयमै सचेत हुँदै नेपालले आर्थिक तथा आपूर्ति सुरक्षाको पूर्वतयारी गर्नुपर्ने उनको धारणा छ। भारतमा विद्यार्थी आन्दोलन, NEET परीक्षाको प्रश्नपत्र चुहावटसम्बन्धी विवाद, निर्वाचन प्रक्रियामाथि उठेका […]
बागलुङ । बाढीपहिरोबाट बागलुङको निसीखोला गाउँपालिकामा झण्डै १० करोड रुपैयाँको क्षति पुगेको छ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकामा ठूलो धनजनको क्षति भएको हो। अविरल वर्षासँगै आएको बाढीपहिरोले निसीखोलामा पाँच जनाको ज्यान गएको र करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति पुगेको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले बताएका छन्। निसीखोला गाउँपालिका–३ […]