काठमाडौं : कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधिसभा बैठकदेखि शून्य समयलाई पनि निरन्तरता दिने निर्णय गरेको छ।समितिको मंगलबार बसेको बैठकले बुधबारको प्रतिनिधिसभा बैठकदेखि शून्य समय पनि फेरि शुरु गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि शुरु गर्ने निर्णय गरेको हो। ठूला मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल गर्न पर्याप्त समय छुट्याउने निर्णय पनि गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।‘मन्त्रालयहरूको विनियोजन विधेयकमा मन्त्रालयगत जुन छलफल चल्नेछ&sbquo