काठमाडौँ महानगरको कार्यपालिका बैठकले गर्यो यस्ता निर्णय

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन् । प्रमुख साहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले बु्रमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए ।नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने प्रमुख साहले बताए । विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने उनले बताउनुभयो । बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख साहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए । समन्वय कायम गरेरै अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने उनले बताए । साहले भने , “साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यो सबैसँगै हुनुपर्छ ।” उपप्रमुख सुनिता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको बताईन् । साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ छ । बैठकले नगरसभाको ११औँ अधिवेशन आगामी असार ५ गते गर्ने निर्णय गरेको छ । बैठकले उपप्रमुख डङ्गोलको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति गठन गरेको छ । बैठकमा प्रमुख साहले पेस गरेको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकको नाम अनुमोदन भएको छ । सुशासन समितिमा वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल, सामाजिक समितिमा वडा नं १० का अध्यक्ष रामकुमार केसी र पूर्वाधार समितिमा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल रहनुभएको छ । वातावरण समितिमा वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा नं ८ का अध्यक्ष आशामान सङ्गत र सूचना प्रविधि समितिमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धर छन् । यस्तै, शिक्षा र स्वास्थ्य समितिमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन, राजश्व समितिमा वडा नं ३२ का अध्यक्ष नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा नं ३ का अध्यक्ष प्रेम थापा संयोजक रहेका छन् ।  

सम्बन्धित सामग्री

पोखरा महानगरको कार्यपालिका बैठक रिसोर्टमा

७ असार, पोखरा । नीति तथा कार्यक्रम ल्याउनुअघि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यपालिका बैठक रिसोर्टमा राखेका छन् । पोखरा महानगरको २०८९÷०८० को नीति तथा कार्यक्रम बुधबार आउँदैछ । कार्यक्रमलाई अन्तिम रुप दिनुअघि मंगबार बेलुकी मेयर आचार्यले पोखरा–६ लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक आयोजना गरेका हुन् । पोखरा महानगरपालिकाको आफ्नै हल हुँदा हुँदै आचार्यले रिसोर्टमा […]

काठमाडौँ महानगरको कार्यपालिका सदस्य चयनका लागि मतदान सम्पन्न

काठमाडौँ- काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै […]

भरतपुर महानगरको कार्यपालिका सदस्यमा गठबन्धनका सबै उम्मेदवार विजयी

चितवन, २४ जेठ । भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । पाँच महिला सदस्य र तीन अल्पसंख्यक तथा दलित सदस्य गरी जम्मा आठजना नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँचदलीय गठबन्धनका सबै उमेदवार विजयी भएका छन् । महिला सदस्यमा नेपाली कांग्रेसकी सिर्जना अधिकारी, नर्वदा सापकोटा, सुकमाया परियार, शारदा पोख्रेल र माओवादी केन्द्रकी विना […]

भरतपुर महानगरको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । पाँच महिला सदस्य र तीन अल्पसंख्यक तथा दलित सदस्य गरी जम्मा आठजना नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उमेदवार विजयी भएका छन् ।महिला सदस्यमा नेपाली काँग्रेसकी सिर्जना अधिकारी, नर्वदा सापकोटा, सुकमाया परियार, शारदा पोख्रेल र माओवादी केन्द्रकी विना नेपाली निर्वाचित भए । अल्पसंख्यक र दलिततर्फ काँग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र एकीकृत समाजवादीकी कोपिला उपरकोटी निर्वाचित भएको

बालेन्द्र–सुनिताले गरे मतदान : काठमाडौं महानगरको कार्यपालिका निर्वाचन सम्पन्न

काठमाडौं महानगरपालिकामा कार्यपालिका सदस्यका लागि मतदान सकिएको छ । मंगलबार महानगरको कार्यपालिकाका लागि आवश्यक ८ सदस्यका लागि निर्वाचन गरिएको छ ।  राष्ट्रियसभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान गरिएको छ । नगरप्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल लगायत काठमाडौं महानगरपालिकाका १ सय ६० सदस्यले मतदान गरेका छन् । प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी नपरेकोले मतदाता संख्या १६० भएको जनाइएको छ । सो निर्वाचनबाट

काठमाडौं महानगरको कार्यपालिका सदस्य चयन गर्न आज मतदान

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यको लागि मंगलबार निर्वाचन भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ । जसमा मेयर, उपमेयर र ३२ वटा वडाका वडाध्यक्ष पदेन सदस्य हुनेछन् । अरु ८ जना भने निर्वाचनबाट चयन हुनेछन् । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसमेत गरी १६१ मतदाताले आठ जना कार्यपालिका […]

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमालेको बहुमत

मोरङ – विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमालेको बहुमत भएको छ। शनिबार ८ सदस्यका लागि भएको निर्वाचनमा एमाले सदस्य विजयी हुँदै बहुमत पुगेको हो। स्थानीय तह निर्वाचनमा दलीय गठबन्धन भए पनि कार्यपालिकामा त्यसको सकारात्मक प्रभाव हुन सकेन। कार्यपालिका निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको हो। कार्यपालिका निर्वाचनमा ९७ सदस्यमध्ये ५० मत कांग्रेस–जसपा गठबन्धनको […]

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा गठबन्धन पराजित,एमालेको बहुमत

विराटनगर : विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन आबद्ध दलहरू पराजित भएका छन्।कार्यपालिका निर्वाचनमा मतदाता रहेका ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका हुन्।शनिबार भएको कार्यपालिका चुनावमा कांग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत मात्रै थियो। तर, जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेद्वारलाई मत दिँदा कांग्रेस र जसपाका सबै उम्मेदवार प

पोखरा महानगरको कार्यपालिका सदस्यमा ८ जना सदस्य नै एमालेबाट निर्वाचित

पोखरा । स्थानीय तह निर्वाचनमा पोखराको मेयर गुमाएको नेकपा एमालेले नगर कार्यपालिका सदस्य निर्वाचनमा भने आठै जना सदस्य जितेको छ । बिहीबार भएको मतदानमा महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य एमालेले जितेको हो । महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिर परियार र हरिमाया विश्वकर्मा निर्वाचित भएका हुन् […] The post पोखरा महानगरको कार्यपालिका सदस्यमा ८ जना सदस्य नै एमालेबाट निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

LIVE : काठमाडौं महानगरको नगर कार्यपालिका बैठक सुरु

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले सपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।