‘एमाले सरकारले ल्याएर राखेकाे खाेपसमेत याे सरकारले नागरिकसम्म पुर्‍याउन सकेन’

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधीकरणको सुरुवात भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधीकरण र कुशासनको सुरुवात भएको आरोप लगाउनुभएको हो । उहाँले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको अभ्यास गरेको बताउनुभएको हो । सरकारले ओली नेतृत्वको सरकारले ल्याएर राख...