काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुङ्गाे लाग्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताउनु भयो । उहाँले संघीय सरकारले प्रदेश किन बनाएको र के का ...