कञ्चनपुरको वेदकोट नगरपालिका–६ की रञ्चुला साउदको हत्या भएको भन्दै आफन्तहरुले सात जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । शनिबार साउदको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै सात जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि आफन्तले आइतबार जाहेरी दर्ता गराएका हुन ।प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले पक्राउ परेका व्यक्तिमाथि आफन्तहरुले जाहेरी दर्ता गराएको जानकारी दिए । उनका अनुसार आफन्तले वडा नम्बर ६ मा बस्दै आएका स्थानीय ३१ वर्षिया कमला साउद, ३८ वर्षिय गौरि साउद, ७२ वर्षिय नारायण भट्ट,