संशोधन गरिएको विनियामावली खारेज गर्न सिभिल अस्पतालका चिकित्सक र कर्मचारीको माग

निजामती कर्मचारी अस्पताल (सिभिल)का चिकित्सक र कर्मचारीले  चिकित्सक तथा कर्मचारीहरूको स्थायित्वमा गम्भीर असर पर्ने गरी संशोधन गरिएको विनियमावली खारेज गर्न माग गरेका छन् । शुक्रबार डाक्टर्स एसोसिएसन अफ सिभिल हस्पिटल र निजामती कर्मचारी अस्पताल कर्मचारी संघले संशोधन गरिएको विनियामावली २०७७ खारेज गर्न र पुरानै विनियमावली अनुसार एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट वञ्चित नगर्न भन्दै अस्पताललाई ज्ञापन पत्र बुझाएका छन् ।चिकित्सक र कर्मचारीको रात्रिकालीन सेवा र अतिरिक्त सेवा बापतको परिश्रमिकल