काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन नलड्ने बताएका छन्। नेपाली कांग्रेससँगको पुरानै गठबन्धन ब्युँतिएसँगै उपराष्ट्रपति पाएको जसपाका अध्यक्ष यादवलाई संसदमा ल्याउने तयारी भइरहेको चर्चा चलिरहेका वेला उनले यस्तो बताएका हुन्। उनले आफू उपचुनाव लड्ने मनस्थितिमा नरहेको बताएका छन्। 'उपचुनाव लड्ने कुनै तयारी छैन‚' यादवले थाहाखबरसँग भने, ‘अबको पूरै ५ वर्ष ढुक्कैसँग पार्टीका काममा केन्द्रित भएर लाग्ने हो।' अहिलेको