अँध्यारोमा हुर्किएका प्रकाश

बेलडाँगी शरणार्थी शिविरमा हुर्केका ठिटा–ठिटी, जो अहिले अमेरिका, अष्ट्रेलिया, नर्वे, क्यानडालगायत देशमा छन्, उनीहरूलाई नेपालबारे सम्झिँदा पहिले के सम्झिन्छौ भनेर सोध्यो भने उनीहरूको उत्तर के आउला? सायद आउला, प्रकाश आङ्देम्बे! उतिखेर आङ्देम्बे शिविरभित्र सानोतिनो ‘सेलिब्रेटी’ नै थिए। शिविरभित्रका थुप्रै युवायुवतीका उनी गुरू हुन्, काका हुन्। कतिका आदर्श पनि। कतिले बुवाको मुख हेर्ने औंशीका दिन फेसबुकमा…