मधेसमा साम्प्रदायिक द्वन्द्वको राजनीति र इतिहास

मधेसमा साम्प्रदायिक द्वन्द्वको इतिहासबारे चर्चा गर्दा धेरैजसो मानिसको धारणा देखिन्छ — यहाँ मुख्यतः जातीय वा क्षेत्रीय पहिचानका आधारमा, अर्थात् मधेसी र पहाडी समुदायबीच मात्र द्वन्द्व हुँदै आएका छन्। तर गहिरिएर इतिहास हेर्दा यस्तो निष्कर्ष पूर्णतः सही देखिँदैन।