स्याङ्जा । लागूऔषध (चरेस) मुद्दामा ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ परेका छन्।पक्राउ पर्नेमा साबिक स्याङ्जाको चण्डीभञ्ज्याङ गाविस–७ घर भई हाल पाल्पाको तानसेन नगरपालिका–६ बस्ने नारायणप्रसाद श्रेष्ठ रहेका छन्।प्रहरीका अनुसार २०५४ कात्तिक १९ गते पाल्पा प्रहरीले गोप्य सूचनाका आधारमा श्रेष्ठको घरकोठामा खानतलासी गर्दा एक किलो २५० ग्राम चरेस बरामद गरेको थियो। […]