काठमाडौँ । नारायणी नदी र दरमखोलामा जलसतह सतर्कता तहभन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले शनिबार बिहान ६:५० बजे जारी गरेको सूचनाअनुसार चितवनको देवघाटस्थित नारायणी र बागलुङको वामीटक्सारस्थित दरमखोलाको जलमापन केन्द्रमा पानीको सतह निरन्तर बढिरहेको छ। जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबानको […]