ट्रम्प-सी भेटवार्ता: दुर्लभ खनिज र भटमासमा सहमति, अन्य महसुल यथावत्

विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरूबीच महिनौंदेखि चर्किएको तनावलाई कम गर्ने आशा जगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच छ वर्षमा पहिलो पटक भेटवार्ता सम्पन्न भएको छ । दक्षिण कोरियामा भएको यस वार्तालाई राष्ट्रपति ट्रम्पले ‘अद्भुत’ भनेर टिप्पणी गरेका छन् भने बेइजिङले ‘प्रमुख व्यापारिक मुद्दाहरू’ समाधान गर्न दुवै पक्षबीच सहमति जुटेको बताएको छ […]