काठमाडौं- जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र विध्वंसमा साथ दिएको आरोप खेपिरहेका चर्चित कलाकार दीपकराज गिरीले आफ्नो बचाउ गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् स्पष्टीकरण दिँदै उनले आफू आन्दोलनको समर्थनमा रहेको स्वीकार गरे पनि तोडफोडमा संलग्न नभएको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘नेपालका हरेक परिवर्तनसम्बन्धी आन्दोलनलाई समर्थन गरेजस्तै यसलाइ पनि समर्थन गरेको हो। […]