पुँजीबजारमा आज दुई महत्वपूर्ण सूचना सार्वजनिक भएका छन्। लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर निष्काशन गर्ने तयारी गरेको छ भने नेको इन्स्योरेन्स लिमिटेडले १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने भएको हो। […]