नेपाल सरकारले कमैया मुक्तिको घोषणा गरेको २६ वर्ष पूरा हुँदा पनि पुनःस्थापनासम्बन्धी समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन। बँधुवा श्रम कानुनी रूपमा अन्त्य भए पनि लालपुर्जा भएर श्रेस्ता नहुनु, परिचयपत्र भएर पनि पुनःस्थापनाबाट छुट्नु तथा अनुपयुक्त जग्गा पाउने समस्या अझै कायम रहेको मुक्तकमैया समुदायको गुनासो छ। कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले […]