बागलुङको सुम्सागाउँका एक सय ३२ घरमा धारा छ, पानी आउँदैन

बागलुङ। विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्याइयो। कालीगण्डकीको पानीलाई लिफ्ट मार्फत सो गाउँका एक सय ३२ घरमा वितरण भएपछि स्थानीयवासी दङ्ग परे। तत्कालीन समयमा घरमै खानेपानीको धारा आउँदा खुसी बनेका सुम्सावासीको खुसी दुई वर्ष पनि टिकेन। लिफ्ट खानेपानीले निरन्तरता पाउन नसक्दा अहिले खानेपानीको हाहाकार छ। प्राविधिक […]