झापामा खेत जोत्ने ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ५ शान्ति नगरस्थित खेतमा १–०१–००१ त ९३२५ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा दुर्घटना हुँदा स्थानीय २६ वर्षीय विकास कुमालको मृत्यु भएको हो ।ट्याक्टरले किचेर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । विकास ट्याक्टरका सहचालक हुन् । ट्याक्टरका चालक ३४ वर्षीय चन्द्रबहादुर कुमाललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।