जुम्ला विमानस्थल स्तरवृद्धि, न नियमित उडान

२४ वर्षअघि आजकै दिन (२०५५ माघ ३) मा जुम्ला विमानस्थलमा नेकोन एयरको सिंगल इन्जिन सेस्ना विमान रनवेमै दुर्घटना भयो । जुम्लाबाट नेपालगन्जका लागि उड्न लागेको जहाज दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु भयो, ७ जना घाइते भए । क्याप्टेन सुरेन्द्रबहादुर चन्द, को–पाइलट हरिबहादुर मल्ल तथा यात्रुहरु निरविक्रम शाही, भृकुटी खाण ठकुरीलगायत ५ जनाको मृत्यु भएको थियो […]