गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङले बार्सिलोनाका लागि ह्याट्रिक गरेको खेलमा क्याटलान क्लबले ऐयालेन्सियामाथि ४-१ को सहज जित निकालेको छ। स्पेनिस लालिगाअन्तर्गत आइतवार राति भएको खेलमा बार्सिलोनाले महत्त्वपूर्ण जित आत्मासात् गर्यो।बार्सिलोनाले घरेलु टोली भ्यालेन्सिया २३ औं मिनेटमा औवामियाङको गोलबाट अग्रता लिएको थियो। उनले जोर्डी अल्वाको पासलाई सदुपयोग गर्दै बार्सिलोनामा पहिलो गोल गरेका थिए।३२ औं मिनेटमा फ्रान्की डि जोङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै टिमलाई २-० को अवस्थामा पुर्याए।