काठमाण्डाै – मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको संलग्नता रहेको भन्ने समाचार आएका सम्बन्धमा सर्वाेच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज सोमवार एक विज्ञप्ति निकाल्दै सर्वाेच्च अदालतले यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन एवम् विस्तारको विषयमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवम् भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो’, सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले निकाल्नुभएको ...