धनगढी– कैलालीमा एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका-१ मधुवन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको सोमवार डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। सोही ठाउँमा रहेको बरदान चटिया नाला (खोला) मा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीबाट थप […]
विराटनगर-मोरङको बुढीगंगा गाँउपालिकामा माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार गाँउपालिकाको तिलाठीस्थित मोदा खोलामा करेन्ट प्रवाह गरि माछा मार्ने क्रममा १९ वर्षिय अजित तिवारीको मृत्यु भएको हो। खोला नजिक रहेको बिद्युतको खम्बाबाट हुक गरि करेन्टबाट माछा मार्ने क्रममा घटना भएको मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार […]
विद्युतीय तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जना युवकको ज्यान गएको छ। स्थानीय गरुडा नगरपालिका ७ पिपरिया दोस्तियाका ३० वर्षीय रामतिलक पटेलको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। गाउँ छेउको तरहारी खोलामा विद्युतीय तार प्रयोग गरि माछामार्ने क्रममा शुक्रबार साँझ पटेल लाई करेन्ट लागेर अचेल हुँदा उपचारको लागि गरुडा अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले बताए । मृतक पटेलको शव पोस्टमार्टमको
माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुरमा एक युवकको मृत्यु भएको छ । बिहीबार बेलुका ५ बजेको समयमा तुलसीपुर ११ क्वाङीखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा तुलसीपुर ११ बाघखोली निवासी २०...
दाङ : दाङको तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ बाघखोली निवासी २० वर्षका बिपिन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।नाङ्गो तारबाट हुक लगाएर क्वाङ खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो। सँगै माछा मार्न गएमध्यका श्रवण बुढालाई नियन्त्रणमा लिएको छ भने अर्जुन बिक र भोला विसी फरार रहेको प्रहरीले बताएको छ।मृतक बिपिनको शवलाई पोस्टमार्टमका लागि राप्ती प
पोखरामा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । पोखरा–१७ काउछेघारी स्थित फुस्रे खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर यमबहादुर गुरुङको मृत्यु भएको हो ।स्याङ्जा बिरुवा गाउँपालिका–७ डिही घर भई हाल पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने २६ वर्षीय गुरुङको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।गुरुङलाई खोलाले बगाएर अन्दाजी ५ सय मिटर तल पुर्याएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।शव पोस्टम
१२ असार, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक सन्तोष चन्दसहित ५ जनाको टोली घटनास्थलतर्फ […]
दाङ : माछा मार्न लगाएको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका-६ बागरका २९ वर्षीय गोविन्द सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।बागर खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सुनारलाई करेन्ट लागेको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार दिउसो करेन्ट लागेका उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।